‘इमानी नेता, कमरेड हरि जेठा’ को कथा


१० मंसिर २०७८, शुक्रबार
Hari Rai Bhojpur scaled

काठमाडौं, ११ मंसिर : राजनीतिक हिसाबले हरिबहादुर राई नेकपा (एमाले)का नेता हुन् । तर आफ्नो गृह जिल्ला भोजपुरमा सबै पार्टीका साझा नेता जस्तै छन्, उनी । सबै पार्टीका नेता तथा कार्यकर्ताले भन्ने गरेका छन्, ‘कमरेड हरि जेठा, हाम्रो साझा नेता ।’

एमाले केन्द्रीय कमिटी सदस्य राईलाई सबैले मान्नुको कारण हो, ‘इमानदारिता र निष्ठा ।’ उनको निर्दोषपना र इमानदारिताको कारण उनलाई उही भोजपुरे भाषामा उनलाई भन्ने गरिन्छ, ‘इमानी नेता, कमरेड हरि जेठा ।’

पछिल्लो समयमा भोजपुर मन्त्री, सांसद जन्माउने जिल्लाको रुपमा परिचित छ । उनका समकालीन नेताहरुले पटक पटक अवसर पाएका छन् । तर निरन्तर पार्टी र आन्दोलनमा सक्रिय भएर पनि आजसम्म यस प्रकारका कुनै जिम्मेवारी नपाएका नेता हुन् उनी । तर पनि कुनै गुनासो नभएको उनको दाबी छ । भन्छन्, ‘जतिबेला कम्युनिष्ट आन्दोलनमा समाहित भएँ । सांसद, मन्त्री वा कुनै पदका लागि भनेर होइन परिर्वतन र रुपान्तरणको लागि भनेर होमिएको हुँ । निष्ठाको साथ परिवर्तन र आन्दोलनमा क्रियाशिल हुन भएको छु । मेरो खुसी, उपलब्धी र सफलता यसलाई ठानेको छु ।’

राई २०३९ सालबाट राजनीतिमा निरन्तर सक्रिय छन् । उनले २०४० सालमा अनेरास्ववियु एकता पाँचौंको सदस्यता लिएका थिए । उनी २०४२ मा अनेरास्ववियु प्रारम्भिक कमिटी, २०४७ माघमा नेकपा एमाले गाउँ कमिटीको उपसचिव भए ।

२०४९ सालमा एमाले जिल्ला कमिटी सदस्य बनेका राई २०५४ मा जिविस भोजपुरको सदस्य निर्वाचित भए । २०६५–२०६८ मा एमाले भोजपुरको उपसचिव भएका उनी १४ वर्षसम्म युवा संघको केन्द्रीय नेतृत्वमा रहे ।

२०६६ सालमा युवा संघको लहान महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष बनेका राई युवा संघको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार सभापति बनेका थिए । राई एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचत भए । हाल उनी एमाले केन्द्रीय सदस्य छन् । युवा संघमा रहदा पनि उनी साझा अभिभावक जस्तै थिए । अहिले पनि देशभरीका युवाहरुले उनलाई सम्मानका साथ हेर्ने गरेका छन् । नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित राई दशौं महाधिवेशनमा पनि केन्द्रीय सदस्यका उम्मेवार छन् ।

‘आशा नयाँ एकता र उत्साहको’

Hari Rai


चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुन लागेको एमाले १० औं महाधिवेशनका एकताको महाधिवेशन हुने उनको दाबी छ । नेकपा (एमाले)ले यसबिचमा अनेक हन्डर ठक्कर खाएर चितवनको महाधिवेशनसम्म पुगेको उल्लेख गर्दै उनी भन्छन्, ‘नेकपा (एमाले)ले फेरि देशको नेतृत्व गर्नु पर्नेछ । एमालेकै नेतृत्वमा देश निर्माण गर्नुपर्नेछ । यही मुल लक्ष्यलाई मध्यनजर गर्दै हामी चितवनबाट नयाँ एकताको सन्देश प्रवाह गर्नेछौं ।’

नेतृत्व चयनमा सर्बसम्मत भए नेता र निर्वाचन भए कार्यकर्ताहरुले विवेक प्रयोग गर्ने उनको दाबी छ । भन्छन्, ‘हाम्रो सामुन्नेमा तीन निर्वाचनहरु छन्, त्यसको लागि नयाँ उचाईमा पार्टीलाई एकताबद्ध बनाउनुको अर्को छैन । यो काम मुल नेतृत्व र प्रतिनिधिहरुले गर्नुहुनेछ ।’

उनी १० औं महाधिवेशनमा पनि केन्द्रीय कमिटी सदस्यको उम्मेदवार छन् । कम्युनिष्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठानिक रूपमा सबल र सक्षम बनाउन आफ्नो उम्मेदवारी भएको बताए । राईले भने, ‘मेरो जिन्दगी नै पार्टी निर्माण र समाज परिवर्तनमा समर्पित गरेको छु । विद्यार्थी, युवा हुँदै अहिले पार्टी केन्द्रीय कमिटीमा पनि छु । संकटको अवस्थाबाट एमालेलाई जनताको बीचमा थप स्थापित गर्नका लागि यी अनुभवहरुले काम गर्नेछ ।’

‘अब निर्वाचनमा बहुमत अनि आर्थिक क्रान्ति’
नेपाली समाज पुँजीवादी भएको, जनवादी क्रान्ति सम्पन्न भैसकेको निकष्र्षमा एमाले छ । नेपाली क्रान्तिले समाजवादको बाटो लिएको तर पुँजीवादको मुख्य चरित्र दलाल एमालेको व्याख्या छ ।

राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु एमालेले आफ्नो कार्यभार भनेको छ । यसको निम्ती अब आगमी निर्वाचनमा एमालेले बहुमत दिलाउनु आबश्यक रहेको त्यसको निम्ती एकता जरुरी रहेको राईको भनाई छ ।

राई भन्छन्, ‘एमाले बिरोधी धेरैले चाहेका छन्, फेरि एमालेमा बिग्रह होस् । यो महाधिवेशनले थप बिग्रहको बिउँ रोप्ने धेरैको अनुमान र आशा गरेका छन् । तर नेतृत्व र प्रतिनिधिहरुको विवेकले बिरोधीहरुको त्यो चाहना पुरा हुने छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७