भीम रावललाई मिलाउन ओलीलाई युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको सुझाव


१२ मंसिर २०७८, आईतवार
kay OX6qGtPcl4

चितवन, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई मिलाउन नेताहरुले सुझाव दिएका छन् ।

नवांँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित रावलले ओलीसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गरेर बन्द सत्रस्थल सेभेन स्टार होटलमा प्रचार गरिरहेका छन् । आइतबार बिहान भेट्न गएका उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यसँग ओलीले रावललाई मिलाउने प्रयास जारी रहेको बताएका छन् ।

‘हामीले सबै पक्षलाई मिलाएर सहमति बनाउँदै नेतृत्व चयन गर्न सुझाव दियौं’, ज्ञवालीले सुनाए, ‘अध्यक्ष कमरेडले मिलाउने प्रयास गरिरहेको जवाफ दिनु भएको छ ।’ प्रस्ताव ल्याइसकेपछि बन्द सत्रको हलले निर्णय गर्नुपर्ने भएकोले सकभर सबै पक्षलाई मिलाउने प्रयासमा अध्यक्ष ओली रहेको उनले दाबी गरे ।

सर्वसम्मति गराउने प्रयासमा ओलीले छलफललाई तीव्रता दिएका छन् । तर उनलाई आफ्नै समूह मिलाउन सकस परेको छ । उनलाई मुख्यत वरिष्ठ उपाध्यक्ष र महासचिवका दाबेदार चार नेता व्यवस्थापन गर्न कठिन भएको छ । त्यस्तै माओवादीबाट आएका नेताहरु, माधव नेपाललाई साथ नदिइ बसेका १० भाइ र पदाधिकारीका नयाँ आकांक्षीलाई व्यवस्थापन गर्न ओलीका लागि चुनौतीपूर्ण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७