एमाले महाधिवेशन : ७२ मेशिनबाट मतदान, यस्तो छ तयारी


१३ मंसिर २०७८, सोमबार
rss 20211129082715

चितवन, १३ मंसिर । नेकपा एमालेको महाधिवेशनको मतदान हुँदैछ । एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार सोमबार राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ ।

मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ । मतदानका लागि ७२ मेसिन प्रयोग गर्न लागिएको छ। एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन् । मतदान सम्पन्न भएको ३ घण्टामा मतपरिणाम आउने एमालेले बताएको छ ।

मतदान पक्रिया सकिएलगत्तै मतपरिणाम सार्वजनिक गर्ने एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले बताए । यसअघि एमाले महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रमा केपी ओलीको प्रस्तावमा ३०१ केन्द्रीय कमिटीसहितको नामावली सार्वजनिक भएको थियो । जसमा १९ जना पदाधिकारीको सूची समेत सार्वजनिक गरिएको छ ।

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित भएका छन् । एमालेको जारी १० औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल निर्वाचित भएका हुन् । यद्यपी औपचारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७