एमाले सचिवमा भीम आचार्य र टंक कार्की पराजित, ओली सूचीका सात जना निर्वाचित


१४ मंसिर २०७८, मंगलवार
7nnn1638269035

चितवन, १४ मंसिर । नेकपा एमालेको सचिवमा केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेको सचिवमा भीम आचार्य र टंक कार्की पराजित भएका छन् । उनीहरु बाहेक गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ निर्वाचित भएका छन् ।

गोकर्ण विष्टले १,९७६ मत ल्याएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । योगेश भट्टराईले १,९६४, पद्मा अर्यालले १,८००, छविलाल विश्वकर्माले १,७०४, लेखराज भट्टले १,७०४, टोपबहादुर रायमाझीले १,७०० र रघुवी।र महासेठले १,५१३ मत ल्याएका छन् ।
भीम आचार्यले १,३०० मत ल्याएका छन् भने टंक कार्कीले ५०० मत प्राप्त गरेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७