कांग्रेस महाधिवेशन : चितवन जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा


१५ मंसिर २०७८, बुधबार
congress

चितवन, १५ मंसिर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् । पोखरेलले राजीनामापत्रमा आफ्नो स्वास्थ्य स्थिति प्रतिकूल रहेकोले अधिवेशन गराउन असमर्थ रहेको उल्लेख गरेका छन् । उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह समेत गरेका छन् ।

पोखरेलले कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थिए । पटक–पटक सर्दै आएको कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि मंसिर १९ गतेसम्म हुने तालिका तय भएको छ । आज उम्मेदवारी दर्ता र १९ गते मतदानको कार्यक्रम थियो ।

‘केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गर्दै सबै पक्षको सहयोग र समन्वयमा जिल्ला कार्यसमिति बाहेक सबै तहका निर्वाचन सफलताका साथ सम्पन्न गरेको छु,’ राजीनामा पत्रमा पोखरेलले उल्लेख गरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७