काँग्रेसको केन्द्रीय सदस्यमा प्रकाश रसाइलीको उम्मेदवारी घोषणा


१५ मंसिर २०७८, बुधबार
rasaili za3ZS55Ms9

काठमाडौं, १५ मंसिर । काँग्रेसका युवा नेता तथा सांसद प्रकाश रसाइली ‘स्नेही’ ले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बझाङबाट महाधिवेशन प्रतिनिधि बनेका उनले बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी काँग्रेसका समानुपातिक सांसद हुन् ।

स्नेहीले १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवारी दिएर पराजित भएका थिए । नेपाल दलित संघका पूर्व केन्द्रीय महासचिव रसाइली विद्यार्थी कालबाटै काँग्रेस राजनीतिमा सक्रिय छन् । उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य समेत भएका थिए ।

‘मैले ७७ वटै जिल्ला पुगेर पार्टीका नेता र साथीहरूसँग छलफल गरेको छु, समस्या, गुनासा र पार्टीको राजनीतिक कार्यदिशाबारे संवाद गरेको छु,’ उनले भने, ‘त्यहीआधारमा आफूले पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु भन्ने हिसावले उम्मेदवारी दिने निधो गरेको हुँ ।’ उनले आफू संस्थापन इत्तर समूहबाट उम्मेदवार रहेको समेत बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७