नायक निखिल र जेठी पत्नी कोपिलाबीच सम्बन्ध विच्छेद


१६ मंसिर २०७८, बिहीबार
nikhil kopila T7Dan2c8nq

काठमाडौं, १६ मंसिर । अभिनेता निखिल उप्रेती (दिनेश उप्रेती) र जेठी पत्नी कोपिला कानुनी रूपमै अलग भएका छन् । नायिका सञ्चिता लुटेलसँग दोस्रो बिहे गरेपछि निखिल १३ वर्ष अघिदेखि नै जेठी श्रीमती कोपिलासँग छुट्टिएका थिए ।

nikhil kopila son rJqTpXow3G
पूर्वपत्नी र उनीतर्फका छोराका साथमा नायक निखिल उप्रेती।

तर कानुनी रूपमा भने उनीहरू गत साउन ३२ गतेबाट एकअर्काबाट अलग्गिएको पाइएको हो । भक्तपुर जिल्ला अदालतको भिलेखमा उनीहरूबीच गत साउन ३२ गते सम्बन्धविच्छेद भएको उल्लेख छ । कोपिलातर्फ एक छोरा छन् भने सञ्चितातर्फ एक छोरा र छोरी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७