२१९ नेपाली शान्ति सेना कङ्गो प्रस्थान


१८ मंसिर २०७८, शनिबार
un mission.jpg .2020 12 03

काठमाडौं, १८ मंसिर । शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली शुरु भएको छ । श्री भवानीदल गण (शान्ति सेना) २७ औं डफ्फालाई बदली गर्नको लागि श्री फस्ट राइफल गण (शान्ति सेना) २८ औं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ जना नेपाली शान्ति सैनिक काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

कोभिड–१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरूप अदलीबदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न ग्ल् ःष्ककष्यल हरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७