काँग्रेस गण्डकीको सकियो मतदान : १,१४६ मत खस्यो, आजै मतगणना


१८ मंसिर २०७८, शनिबार
arjun shukra n78dmzL6wU

पोखरा, १८ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगतको गण्डकी प्रदेश कार्यसमितिका लागि भएको मतदान सकिएको छ । शनिबार बिहान १० बजेदेखि पोखरास्थित प्रदर्शनी केन्द्रमा भएको निर्वाचनमा १ हजार १४६ मत खसेको छ । गण्डकी प्रदेशमा कूल १ हजार १६५ जना मतदातामध्ये १ हजार १४६ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदान गर्ने अधिकार भएका १९ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएनन् ।

प्रदेश कार्यसमिति चयनका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह प्यानलसहितको चुनावी प्रतिस्पर्धामा छन् । संस्थापन पक्षबाट सभापतिमा पर्वतका अर्जुनप्रसाद जोशी र संस्थापन इतर पक्षबाट कास्कीका शुक्रराज शर्माले उम्मेदवारी दिएका थिए । सभापति, उपसभापति, महामन्त्री र सह महामन्त्रीसहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन् ।

संस्थापन पक्षका सभापतिमा अर्जुन जोशीको प्यानलबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी बनेका छन् । सह महामन्त्रीमा राजन राज पन्त, झुलबहादुर आले र ओमकला गौतमले उम्मेदवारी दिएका छन् ।संस्थापन इतरबाट उपसभापतिमा बागलुङका हरिप्रसाद श्रेष्ठ र स्याङ्जाकी कल्पना तिवारी उम्मेदवार बनेका छन् ।

महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् । सह महामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट प्रतिस्पर्धामा छन् । मतगणना आज साँझबाट ८ बजेबाट पोखरा उद्योग वाणिज्य संघमा गरिने नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले जानकारी दिए । तीन वटा समूह बनाएर मतगणना गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७