दश तस्बिरमा राष्ट्रपति भण्डारीको शपथ
काठमाडौँ: नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दोस्रो कार्यकालको लागि राष्ट्रपति भवन सितलनिवासमा शपथग्रहण गरेकी छिन् ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले प्रधानन्यायधिश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, सांसदहरुसहित विभिन्न कुटनीतिक नियोगका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । प्रधानन्यायाधीश पराजुली पदबाट वर्खास्त भएका छन् । उनलाई न्याय परिषद्ले पदमा नरहेको बताएको थियो । प्रकृयागतरुपमा पराजुलीले न्याय परिषद्को पत्र नबुझेकाले प्रधानन्यायाधीश पदमा नै रहेको मानी शपथ ग्रहण भएको स्रातले बताए ।
वाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारी संघ र प्रदेश सभाका सांसदको ३९ हजार दुई सय ७५ मतभार प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनले खसेको ५१ हजार पाँच सय १२ मतभारको करिब ७७ प्रतिशत ल्याइन् । यो कुल मतदाताको मतभार अर्थात् ५२ हजार पाँच सय एकको करिब ७५ प्रतिशत हो ।
तस्बिर : रासस