कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि श्रीमान पक्राउ


२० मंसिर २०७८, सोमबार

झापा, २० मंसिर । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापाको दमकबाट एक पुरुष पक्राउ परेका छन् ।
पत्नी हत्याको अभियोगमा दमक–१० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

लिम्बूमाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

यही मंसिर १६ गते घरायसी झगडा हुदाँ लिम्बूले आफनै ४९ वर्षीया श्रीमती घनादेवी आचार्यलाई कुटपिट गरेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख छ । प्रहरीले घटनाका बारे थप अनुसन्धान गरिरहेको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७