तनहुँमा गोली लागेर १७ वर्षीय किशोरको मृत्यु, प्रहरी टोली घटनास्थल जाँदै


२० मंसिर २०७८, सोमबार
bharuwa banduk

तनहुँ, २० मंसिर । तनहुँमा भरुवा बन्दुक पड्केर गोली लाग्दा एक किशोरको ज्यान गएको छ । तनहुँ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी युवराज खड्काले दिएको जानकारीअनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ मा भरुवा बन्दुक पड्केर १७ वर्षका रोमित मल्लको मृत्यु भएको हो ।

उनका अनुसार आइतबार राति घटना भएको हो । ‘आफ्नै भरुवा बन्दुक पड्केर उनको मृत्यु भएको भनेर भर्खर खबर आएको छ’, डीएसपी खड्काले भने, ‘टोली जाँदैछ, विस्तृत जानकारी आइसकेको छैन ।’

बन्दुकको गोली लागेर घाइते भएका मल्लको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा राति नै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए । कसरी बन्दुक पड्कियो र गोली लाग्यो भन्ने कुरा अहिले खुलिनसकेको र प्रहरी टोली पुगेर अनुसन्धान गरेपछि मात्र यस विषयमा भन्ने सकिने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७