६ घण्टाका लागि भारत आएका पुटिन मोदीलाई भेटेर फर्किए


२१ मंसिर २०७८, मंगलवार
modi putin uwGbdqF3O8

नयाँदिल्ली, २१ मंसिर । एक दिनको भारत यात्रा समाप्त गरेर रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार राति दिल्लीबाट मस्को प्रस्थान गरेका छन् । उनी भारतमा करिब ६ घण्टासम्म बसे ।

सोमबार बेलुका विमानस्थलबाट पुटिन हैदराबाद हाउस पुगे । त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वागत गरे । पुटिन र मोदीले मिडियाको उपस्थितिमा आफ्नो बयान साझा गरे । दुई देशबीच कूल २८ सम्झौता भए । दुई देशको रक्षा र विदेश मन्त्रीबीच २+२ वार्ता भयो ।

पुटिनको उपस्थितिमा मोदीले भने, ‘मेक इन इण्डिया कार्यक्रम अन्तर्गत हाम्रो रक्षा सहयोग थप बलियो भइरहेको छ । रक्षा र आर्थिक क्षेत्रमा दुबै देश महत्वपूर्ण सहयोगी हुन् । कोरोनाविरुद्ध पनि सहयोग रह्यो । आर्थिक क्षेत्रमा पनि हाम्रो सम्बन्ध अघि बढाउनका लागि हामी ठूलो भिजनमा काम गरिरहेका छौं । हामीले सन् २०२५ सम्म ३० बिलियन डलर व्यापार र ५० बिलियन डलरको लगानीको लक्ष राखेका छौं । यता पुटिनले ‘हामी भारतलाई एक महान शक्ति, विश्वासिलो साथीको रुपमा हेर्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७