आफ्नै साथीबाट श्रेष्ठको हत्या, यस्तो रहेछ कारण


२२ मंसिर २०७८, बुधबार
rajan shrestha 20211208070328

भक्तपुर, २२ मंसिर । राष्ट्रिय युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको आफ्नै साथीहरुले हत्या गरेको खुलेको छ । आर्थिक लेनदेनका कारण आफ्नै साथीको हत्या भएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको थियो । उनीहरुले मंगलबार साँझ गठ्ठाघरबाट बालकोट जानेक्रममा हनुमन्ते खोला नजिक श्रेष्ठमाथि निर्घात कुटपिट गरेका थिए ।

महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक नरहरि रेग्मीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । रेग्मीले अन्नपूणर्सँग भने, ‘ शंकास्पद केहीलाई पक्राउ गरेका छौं । सोधेपुछ भइरहेको छ ।’ प्रहरीले पक्राउ परेकालाई केहीबेरमा सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७