आफ्नो पक्षको वैठक छाडेर चण्डोल पुगेका पौडेलले सिटौलासँग के गरे कुरा ?


२२ मंसिर २०७८, बुधबार
ram chandra poudel

काठमाडौं, २२ मंसिर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले सहयोग गर्नुपर्ने आधार दिन मागेका छन् । पौडेल आफू पक्षको वैठक चल्दा चल्दै सिटौलालाई भेट्न उनको निवास चण्डोल पुगेका थिए ।

भेटमा दुई नेताबीच वान टू वान वार्ता भएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पौडेलले सिटौलासँग मिलेर जाने प्रस्ताव गरेका थिए । तर, सिटौलाले जवाफमा ‘ैले किन सहयोग गर्ने आधार दिनुहोस्’ भनेका थिए ।

सिटौला १३औं महाधिवेशनबाट पौडेल समूहबाट असन्तुष्ट बनेर बाहिरिका थिए । सिटौलासँगै बाहिरिएका गगन थापा भने अहिले संस्थापन इतर पक्षको एकताका लागि जोड दिँदै आएका छन् ।

स्रोतका अनुसार पौडेलले युवा नेताहरुकै आग्रहमा सिटौलालाई भेटेका हुन् । सिटौलाले पनि आफू पक्षीय नेताहरुसँग छलफल गरेका छन् । सो छलफलमा बहुमत केन्द्रीय सदस्यहरुले देउवासँग मिलेर जानपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७