हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख विपिन रावत दम्पतीसहित १३ को मृत्यु


२२ मंसिर २०७८, बुधबार
thumb 3

नयाँदिल्ली, २२ मंसिर । भारतका भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ ।

रावतसहित उनको पत्नी मधुलिका र थप ११ जनाको निधन भएको हो । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको हो । दुर्घटनामा रावतसँगै उनकी पत्नीको पनि निधन भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ । दुर्घटनामा परेका एक सैन्य अधिकारीको उपचार जारी छ ।

FGEmOCuUcAA37kz

उक्त हेलिकोप्टर दुर्घटनापछि रावतलाई अस्पताल भर्ना गरिएको थियो । त्यहीं उनको निधन भएको भारतीय एयर फोर्सले जनाएको छ । भारतीय सेनाको एमआई-१७ भी ५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको थियो । घना जंगलमा भएको यस दुर्घटनापछि आगो लागेको थियो । यसमा गम्भीर घाइते भएका रावतसहितलाई उपचारका लागि अस्पताल लगिएको थियो । यो हेलिकोप्टरमा भारतीय रक्षा प्रमुख जनरल रावत र उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए । समाचार अनुसार अहिलेसम्म १४ मध्ये १३ जनाको ज्यान गएको हो ।

Capture 5
Capture1

दुर्घटनाको करिब एक घण्टापछि जनरल रावतलाई वेलिङ्टनको सैनिक अस्पतालमा लगिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको जानकारी लिएका छन् । रक्षामन्त्री राजनाथ सिंह दुर्घटनापछि रावतका परिवारलाई भेटेका छन् । त्यहाँबाट उनी कुन्नूर जाँदैछन् । जनरल विपिन रावत भारतका पहिलो रक्षा प्रमुख हुन् । उनले १ जनवरी २०२० मा यो पद सम्हालेका थिए । रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुख पदमा रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७