पढ्दा-पढ्दै छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द


२४ मंसिर २०७८, शुक्रबार
00 student dIN0eyrMC8
फाइल फोटो

जाजरकोट, २४ मंसिर । जाजरकोट सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

विद्यालयमा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राहरु पठनपाठनकै समयमा केही दिनयता अकस्मात बेहोस हुने, चिच्याउने, रुनेलगायतका गतिविधि गर्न थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले जानकारी दिए ।

बिहीवार १० भन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले बताए । छात्राहरु केही बेर बेहोस् हुने कराउने गरेपछि आफै ठीक हुने गरेका छन् । केही समयपछि फेरी अरु छात्रालाई यस्तो समस्या देखिएपछि बिहीबार मध्यान्तरपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो ।

केही दिनअघि विद्यालयको छात्रावासमा बस्ने १२ कक्षामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी थिइन् । डा.समीक्षा मल्लले छात्रामा देखिएको समस्या मास हिस्टेरिया भएकाले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरे विस्तारै समस्या आफै समाधान हुने बताइन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७