कांग्रेस महाधिवेशन : शशांक कोइरालाले भने, ‘देशमा धर्म निरपेक्षता हुँदैन’


२४ मंसिर २०७८, शुक्रबार
shashanka1639136336

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले देशमा धर्म निरपेक्षता नहुने बताएका छन् । संविधानमै उल्लेख गरिएको यो विषयमा उनले यसअघि पनि विमति जनाउँदै आएका थिए ।

‘धर्म निरपेक्षता होइन सापेक्ष हुनुपर्छ’, उनले भने । उनले धर्मनिरपेक्षता शब्द ठीक नभएको पनि बताएका छन् । कोइरालाले भने, ‘धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन । न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ उनले पार्टीको महाधिवेशनमा नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७