कांग्रेस महाधिवेशन : ४,७४३ मतदाता, बन्द सत्र आजै


२४ मंसिर २०७८, शुक्रबार
4 neta1639128003

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको अन्तिम नामावली प्रकाशन भएको छ । कांग्रेसको निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जनाएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्द सत्र आज (शुक्रबार) देखि नै शुरु हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नै शुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्द सत्र पनि उद्घाटन सत्र समापन भए लगत्तै शुरु गरिने कार्यक्रम रहेको बताए । बन्द सत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ । आज बेलुकीबाट शुरु हुने महाधिवेशनको मतदान सोमबार हुनेछ । शनिबार बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७