एनआरएनए विवाद : प्रमुख निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा


२५ मंसिर २०७८, शनिबार

काठमाडौं, २५ मंसिर । गैरआवासीय नेपाली संघमा विवाद चर्किएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले राजीनामा दिएका छन् ।

नेपाल बार एशोसिएसनका महासचिव समेत रहेका पौडेलले संघमा अध्यक्ष कुमार पन्तलाई राजीनामा बुझाएका हुन् । पौडेलको राजीनामासँगै कार्यवाहक निर्वाचन आयुक्तमा रामप्रताप थापालाई जिम्मेवारी दिइएको स्रोतले जानकारी दिएको छ ।

पछिल्ला घटनाक्रमले संघको डिसेम्बर २६ र २७ मा हुने भनिएको निर्वाचन झनै अन्योलमा परेको छ । संस्थापन पक्षले निर्वाचनको तयारी गरिरहेका बेला कुल आचार्य पक्षले भने निर्वाचनमा सहभागी हुने कुनै संकेत देखाएको छैन । प्रतिनिधि विवाद पहिले सुल्झाएर मात्रै निर्वाचन हुनुपर्ने आचार्य पक्षको माग रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७