कस्तो रहला आजको मौसम ?


२६ मंसिर २०७८, आईतवार
jado

काठमाडौं, २६ मंसिर । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार गण्डकी र प्रदेश-१ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सोमबार भने सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौंमा आज विहान ६ बजेको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । तराईका धेरै स्थानमा बिहान हुस्सु र कुहिरो लागिरहेको छ । घाम छिप्पिँदै गएपछि हुस्सु र कुहिरो हट्दै जाने मौसमविद् मञ्जु बताउँछिन् । बाक्लो हुस्सु र कुहिरोका कारण सवारी साधन चलाउन तराइमा जिल्लामा कठिन हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७