फासोको नयाँ प्रधानमन्त्रीमा लासिना जेर्बो नियुक्त


२६ मंसिर २०७८, आईतवार
lassina jarbo QeC8BNWk3c

काठमाडौं, २६ मंसिर । बुर्किना फासोमा लासिना जेर्बो नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले जेर्बोलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति काबोरेले प्रधानमन्त्री क्रिस्टोफ जोसेफ मारी डाबिरेलाई बर्खास्त गरेर जेर्बोलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । गएको बुधबार मात्रै डाबिरे प्रधानमन्त्रीबाट बर्खास्त भएका थिए ।

यसअघि जेर्बो कम्प्रिहेन्सिभ न्यूक्लियर टेस्ट ब्यान ट्रीटी अर्गनाइजेसनका कार्यकारी सचिव थिए । उनले संगठनको इन्टरनेशनल डाटा सेन्टरको निर्देशकको भूमिकामा पनि काम गरिसकेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७