अमेरिकामा भीषण आँधी : ज्यान गुमाउनेको संख्या ७० पुग्यो


२६ मंसिर २०७८, आईतवार
hurricane katrina 97285306 Fk3QuX01Rk

काठमाडौं, २६ मंसिर । अमेरिकाको केन्टकी राज्यमा आएको भीषण आँधीमा परेर मृत्यु हुनेको संख्या ७० पुगेको छ । अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा शुक्रबार आएको आँधीबाट हजारौं नागरिक प्रभावित भएका छन् । आँधीको कारण हराइरहेका ४० जनाको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् ।

अहिले पनि भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् । आँधीका कारण केन्टकीमा विद्युत् र पानीको आपूर्ति बन्द भएको छ । केन्टकीसहित मिसौरी, अर्कान्सास, टेनेसा, मिसीसिपीलगायतका क्षेत्रमा आँधीको प्रभाव परेको छ ।

आँधीबाट प्रभावित केन्टकीमा आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित भएकाहरुलाई सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केन्टकी राज्यका गभर्नर एन्डी बेसियरले यसलाई केन्टकीको इतिहासमै सबैभन्दा भयानक आँधी भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७