कांग्रेस महाधिवेशन : साँझ पाैने ६ बजेसम्ममा दुई हजार आठ सय मत खस्यो, राति ९ बजेसम्म मतदान


२७ मंसिर २०७८, सोमबार
matadan

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत आज (सोमबार) भएको मतदानमा दुई हजार ८०९ मत खसेको छ । कांग्रेसको मध्याह्न १२ बजेदेखि शुरु भएको मतदानमा दिउँसो ५ः४५ बजेसम्म दुई हजार ८०९ मत खसेको मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले जानकारी दिए ।

१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मतदानको समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै साढे ३ घण्टापछि मात्र शुरु भएकाले मतदानको समय थप गरिएको हो ।

निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मतको संख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७