कांग्रेस सभापति पदको दोस्रो चरणको चुनाव आज साढे ३ बजेदेखि


२८ मंसिर २०७८, मंगलवार
voting dStWScn07n

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि शुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २,२५८ र कोइरालाले १,७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् । सिंहले देउवालाई समर्थन गर्ने निणर्य गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ । दोस्रो चरणमा सभापतिको उम्मेद्वारबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७