दोस्रो चरणमा मतदान हुने भएपछि देउवाले माग ‘रिङब्याक टोन’ मै भोट


२८ मंसिर २०७८, मंगलवार
deuwa 4
मतदान गरेर फर्किदै देउवा

काठमाडौं। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि दोस्रो चरणको मतदान हुने भएपछि सभापतिका उम्मेदवार शेरबहादुर देउवा पक्षले फोन गर्दा सुन्न सकिने रिङब्याक टोनमै मत माग्न थालेको छ ।

केहीबेर अघिदेखि देउवा निकटका नेताहरुले सबै महाधिवेशन प्रतिनिधिसँग देउवालाई जिताउन आग्रह गरिएको रिङब्याक टोन राखेका हुन् । कांग्रेसको हिजो भएको मतदानमा सभापति पदमा कसैले पनि कम्तीमा पचास प्रतिशत र थप एक मत नल्याएपछि दोस्रो चरणको निर्वाचन हुन लागेको छ ।

सभापतिका लागि देउवा र डा. शेखर कोइराला प्रतिस्पर्धामा छन् । निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन साढे ३ बजेपछि गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७