पूर्व गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा


२८ मंसिर २०७८, मंगलवार

महोत्तरी । महोत्तरी जिल्लाको साविक नमुना गाउँ विकास समितिको कार्यालय, गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यादवउपर विगो १२ लाख ८६ हजार आठ सय रुपैयाँ कायम गरी भ्रष्टाचार सम्बन्धी आरोप-पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यादवले निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता लगायत गाविसको विभिन्न शीर्षकको रकम अनियमितता गरेको अख्तियारले जनाएको छ ।

उनलाई कानुन अनुसार कैद र विगोबमोजिम जरिवाना गरी बिगो असुल हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७