देउवालाई बधाई दिंदै बाबुरामले भने, ‘प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाऊन्’


२९ मंसिर २०७८, बुधबार

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । शुभकामना सन्देशमा उनले देउवाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस् भन्ने कामना गरेका छन् । यस्तै, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाऊन् र अग्रगमनकारी शक्तिबीच एकता होस् भन्दै थप शुभेच्छा व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७