डढेलो निभाउन खोज्दा भिरबाट लडेर मृत्यु


१ पुष २०७८, बिहीबार
death

डोल्पा । जङ्गलमा लागेको डढेलो निभाउन खोज्दा भिरबाट लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका-१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ ।

हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते भएका लामालाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । डढेलो भने अझैं नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले जानकारी दिए । हेलिकोप्टर भाडा समेत लामा परिवारले तिर्न सकेको छैन । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७