‘प्रचण्ड पथ’ छोडेर माओवादीले गम्भीर गल्ती गर्‍यो : जनार्दन शर्मा


१ पुष २०७८, बिहीबार
Janardan Sharma

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले ‘प्रचण्डपथ’ को कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले पार्टीले तत्कालीन अवस्थामा लिएको प्रचण्ड पथ र २१ औं शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताएका हुन् ।

प्रचण्ड पथभित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरूलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाइ छ ।

‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औं शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौं । त्यसको सही सदुपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापिदियौं । मानौं त्यो केही पनि थिएन । त्यो भित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरुको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केही पनि होइन जस्तो गरेर फ्याकी दियौं । पार्टी केन्द्रीय समितिले गम्भीर गल्ती गर्‍याैं, उनले भने ।

उनले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताको पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने आवश्यकता औंल्याए । देशमा गरिबी र बेरोजगारीको अन्त्य गर्दै उत्पादन र आत्मनिर्भरताको नेतृत्व गर्नु तथा श्रमको संस्कृति बसाल्नु पर्नेमा उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७