कांग्रेस खुला केन्द्रीय सदस्यको दोस्रो दिनको मतगणना शुरु, हालसम्म कसले कति भोट ल्याए ?


४ पुष २०७८, आईतवार
NC CCM 1 2 1639806463

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना शुरु भएको हो । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ ।

खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । शनिबार रातिसम्म २,३९३ मतपत्र गणना सकिएको थियो । आजदेखि बाँकी मतगणना हुनेछ । मतगणनाअनुसार शशांक कोइरालाको सबैभन्दा धेरै मत रहेको छ । डा. शशांक कोइराला १,९७१ मतका साथ सबैभन्दा अगाडि छन् ।

उनलाई एनपी साउदले पच्छ्याइरहेका छन् । रातिसम्मको नतिजाअनुसार साउदले १,५३८ मत पाएका छन् । उनीपछि गृहमन्त्री समेत रहेका बालकृष्ण खाँणले १,५०७ मत ल्याएका छन् । देउवा निकट अर्का नेता रमेश लेखकले १,४५१ मत ल्याएका छन् ।

खाँण पनि देउवा प्यानलबाट महामन्त्रीका दाबेदार थिए । तर कृष्णप्रसाद सिटौलासँगको तालमेलले साउद र खाँणहरु पछि हट्नुपरेको थियो । सञ्चारमन्त्री समेत रहेका देउवा निकट अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले १,४२३ मत ल्याएका छन् । अर्कातिर नेता शंकर भण्डारीले पनि १,४३७ मत ल्याएका छन् । यस्तै रामहरि खतिवडाले पनि १३९५ ल्याएका छन् । उदय शमशेर जबराले १,४४५ र अर्जुननरसिंह केसीले पनि १,३८३ मत ल्याएका छन् ।
शनिबार रातिसम्मको नतिजा (टप ४५ सम्म)

१) अजयबाबु शिवाकोटी- ९०९

२) अर्जुननरसिंह केसी- १३८३

३) उदय शमशेर राणा -१४४५

४) एनपी साउद-१५३८

५) उमेशजंग रायमाझी-८९१

६) कुन्दनराज काफ्ले-११४३

७) कृष्णकिशोर घिमिरे-९२९

८) केदार कार्की-८१९

९) गंगाधर तिवारी-७६२

१०) गणेश लामा-८८८

११) गुरु बराल-१०३६

१२) गोपालमान श्रेष्ठ -१३२३

१३) गोपाल दहित-९३१

१४) गोविन्द भट्टराई-१२७७

१५) गोविन्द राज पोखरेल-९६२

१६) जीतजङ्ग बस्नेत-१२८३

१७) जिप छिरिङ्ग लामा-१३१२

१८) दिनेश कोइराला -९२५

१९) दीपक गिरी-११७४

२०) दिलेन्द्र प्रसाद बडू-१२३१

२१) नैनसिंह महर-१२८३

२२) पद्मनारायण चौधरी-११३७

२३) बल बहादुर केसी-१२३३

२४) बालकृष्ण खाँण-१५०७

२५) मंगलप्रसाद थारु- ८७१

२६) मदनबहादुर अमात्य- ९०८

२७) मनोजमणि आचार्य-८५४

२८) ई. मोहन आचार्य-९१३

२९) मोहनबहादुर बस्नेत-१२०२

३०) यज्ञबहादुर थापा-८००

३१) रमेश लेखक-१४५१

३२) डा.रामशरण महत-१२८१

३३) राजीव ढुंगाना-९३५

३४) रामहरि खतिवडा-१३९५

३५) वीरेन्द्रकुमार कनौडिया-९१९

३६) शंकर भण्डारी-१४३७

३७) शम्भुलाल श्रेष्ठ-७९१

३८) सञ्जयकुमार गौतम-१००१

३९) सुनिलबहादुर थापा-१२४६

४०) डा.शशांक कोइराला-१९७१

४१) सुरेन्द्रराज पाण्डे-११५१

४२ हरिप्रसाद नेपाल-७८७

४३) ज्ञानेन्द्रबहादुर कार्की-१४२३

४४) जनकराज गिरी-७४४

४५) तीर्थराज खनियाँ-७८०

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७