दलविरुद्ध घृणा फैल्याएर र सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्किदैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आक्रोशित अभिव्यक्तिलाई जारी राखेका छन् । मंसिरमा भएको एकता महाधिवेशनमा अध्यक्षमा हारेपछि राजसंस्थाविरुद्ध अभिव्यक्ति दिंदै आएका उनले आइतवार पनि सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।
उनले राजनीतिक दल र जनताको विश्वास भए मात्रै राजसंस्था पुनः स्थापनाको बाटो भएको पनि उनले बताए । थापाले दलहरुविरुद्ध निर्मल निवासले घृणा फैल्याएको बताउँदै त्यसो गरेर राजसंस्था नफर्किने पनि बताएका छन् ।
‘राजनीतिक दल र आमजनताको विश्वास नै राजसंस्था पुनःस्थापनाको एक मात्र बाटो हो । विदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्किदैन’, उनले लेखेका, ‘सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’ को सोचाई गलत र प्रत्युत्पादक छ ।’
राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो।बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने "निर्मल निवास"को सोचाई गलत र प्रत्युत्पादक छ
— Kamal Thapa (@KTnepal) December 19, 2021