ओआइसीले अफगानिस्तानलाई आवश्यक मानवीय सहयोग दिने


५ पुष २०७८, सोमबार
21 Shares
OIC

काठमाडौं । इस्लामिक राष्ट्रहरुको संगठनले अफगानिस्तानमा आवश्यक मानवीय सहयोग जुटाउने भएको छ । अर्गनाईजेसन अफ इस्लामिक कोअपरेसनको वैठकले तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक संकटमा फसेको अफगानिस्तानलाई सहयोग जुटाउने प्रतिवद्धता जनाएको हो ।

आगामी वर्ष २०२२ को शुरुदेखि नै इस्लामिक डेभलमेन्ट बैंक मार्फत अफगानिस्तानमा सहयोग शुरु गर्ने निणर्य गरिएको हो । तालिवानले सत्ता कब्जा गरेपछि विश्व समुदायले अफगानिस्तानको अर्बौं डलर बराबरको सम्पति रोक्का गरिदिंदा अफगानिस्तानमा चरम आर्थिक संकट उत्पन्न भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जसका कारण त्यहाँ लाखौं मानिस भोकमरीको चपेटामा परेका छन् भने सरकारले सरकारी कर्मचारी, सुरक्षाकर्मी तथा डाक्टर र नर्सलाई समेत तलब दिन नसक्ने अवस्था आएको छ । त्यहाँको बैंकिङ प्रणाली समेत लगभग ध्वस्त भईसकेको छ ।

ncll 2

इस्लामिक राष्ट्रहरु सम्मिलित संगठनले अफगानिस्तानलाई महिला, केटाकेटी, युवा तथा ज्येष्ठ नागरिकका मानव अधिकार संरक्षणमा ध्यान दिन पनि आग्रह गरेको छ । तालिवान सरकारका प्रतिनिधि वैठकमा सहभागी भए पनि वैठकपछिको फोटो सेसनमा तालिवान विदेशमन्त्री अमीर खान मुत्ताकीलाई भने सहभागी गराइएको थिएन ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७