प्रतिगमनको खतरा अझैं छ : बाबुराम भट्टराई


५ पुष २०७८, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिको डटेर सामना गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिगमनकारी शक्तिविरुद्ध एकजुट भएर लड्नुपर्ने बेला आएको बताएका हुन् ।

उनले भने, ‘प्रतिगमनको खतरा अझै छ । प्रतिगमनकारी शक्तिविरुद्ध एकजुट हुन जरुरी छ । दक्षिणपन्थी शक्ति हाबी हुन सक्छन् ।’ उनले एमसीसीका विषयमा राष्ट्रिय सहमति कायम राख्दै गठबन्धन पनि चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिए । उनले प्रतिगमन निस्तेज नहुँदासम्म गठबन्धन कायम राख्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७