एमसीसीमा साझा धारणा बनाऊ, नभए गठबन्धन भत्काउने षड्यन्त्र शुरु हुन्छ : बाबुराम भट्टराई

‘गठबन्धन तोडिए फेरि अर्को प्रतिगमन आउने खतरा छ’


५ पुष २०७८, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको सन्दर्भमा सहमति खोजेर अघि बढ्न आह्वान गरेका छन् ।

समाजवादी प्रेस संगठनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले एमसीसीमा सहमति गरेर अघि बढ्न आग्रह गरे । उनले एमसीसीकै कारण गठबन्धन नटुटाउनका पनि शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । ‘कतिपय मुद्दाहरूमा राजनीतिक दलहरूबीच फरक धारणा हुने र त्यसलाई मिलाएर अगाडि बढ्न दलहरूको अभिभारा भएको उल्लेख गर्दै उनले भने, ‘जस्तै अहिलेको एमसीसी त्यही भएको छ । यसका सन्दर्भमा राजनीतिक दलहरूबीच फरक धारणा छन् । यसमा राष्ट्रिय सहमति खोजेर अगाडि बढौं ।’

‘यसैका कारण गठबन्धनलाई नतोडौं, यहाँ निर्णायक नेताहरू हुनुहुन्छ । यसमा सहमति खोजेरै अगाडि बढौं, म तपाईंहरूको ध्यान आकृष्ट गर्न चाहन्छु । भित्री र बाहिरी शक्तिहरूले गठबन्धनलाई तोड्न चाहेका छन् । यस्तोमा होशियारीपूर्वक अगाडि बढौं । कमसेकम आगामी चुनावसम्म जाऔं ।’ डा. भट्टराईले प्रतिगमन नटरिसकेको भन्दै राजनीतिक दलहरुले सहमति गरेर जानुको विकल्प नभएको बताए ।

उनले एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेमा गठबन्धन भत्काउने खेल शुरु हुने र पुनः प्रतिगमन हुने खतरा रहेको बताए ।

‘अहिले भर्खरै चर्चामा आएको एमसीसीको जुन मुद्दा छ । यस्ता मुद्दामा कमसे कम गठबन्धनका घटकबीच सहमति जुटाएर अगाडि बढ्न सकेनौं भने यही बहनामा भित्री बाहिरी शक्तिले खेलेर गठबन्धन तोडिदिने, त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन आउने खतरा छ’ उनले भने ।

यो विषयलाई यो वा ऊ वहानामा तन्काउन थालेमा विस्फोटक रुप लिएर गठबन्धन भत्कने र पुनः प्रतिगमन आउने टड्कारो सम्भावना रहेको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७