अवरोधकैबीच एमसीसी पारित हुन सक्ने सांसद सुवालको आशंका

कार्यसूची एकातिर, सुवाल बोले अर्कैतिर


६ पुष २०७८, मंगलवार
Prem suwal uvKynwEmTP

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेका बेला संसद सूचारु गराएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार एमालेका अवरोधका बीच सभामुख अग्नीप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाएका हुन् । त्यस अवसरमा उनले संसद अवरोधकै बेला एमसीसीजस्तो देशघाती सम्झौंता पारित गर्ने काम गर्न नहुनेतर्फ पनि सभामुख सापकोटाको गम्भीर ध्यानाकर्षण गराए । उनले सो सम्झौंता देशघाती भएको भन्दै खारेज गर्न पनि माग गरे ।

सांसद सुवालले भने, ‘प्रमुख प्रतिपक्षले संसद अवरोध गरेका बेला कार्यसूची अगाडि बढाउनु संसदीय परम्परा होइन । कार्यसूची अगाडि बढाउनु हुँदैन। संसद स्थगित गरेर प्रमुख प्रतिपक्ष दलसँग वार्ता गर्नु उपयुक्त हुुन्छ । संसद अवरोधकै बेला अध्यादेश र विधेयकहरु पेश हुनु र देश घाती एमसीसी सम्झौंता पनि यसरी नै पेश गरेर पास गर्ने तयारी हुनेछ । त्यसको हामी विरोध गर्छौं ।’

बैठकमा एमालेका सांसदहरुले पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूणर् व्यवहार बन्द गर लगायतका चर्का नाराबाजी गर्दै संसदको बेलमा गएर सभामुख सापकोटाविरुद्ध नाराबाजी गरिरहेका छन् । तर एमाले सांसदहरुको चर्का नाराबाजी बीच पनि संसद बैठक जारी रहेको थियो ।

कार्यसूची एकातिर, सुवाल बोले अर्कैतिर
मंगलबारको संसद् बैठकमा सांसद प्रेम सुवालले कार्यसूचीमा प्रवेश नगरी एमसीसी र राष्ट्रियताका सवालमा गम्भीर भएर बोले। संसद सचिवालयले तयार पारिएको कार्यसूचीमा सुवालले बोल्नुपर्ने अर्कै विषय थियो। उनले बैठकमा फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस’ भन्ने सूचना प्रस्तुत गर्नुपर्ने थियो।

तर, सांसद सुवालले फौजदारीको ’फ’ पनि उच्चारण नगरी एमसीसी राष्ट्रघाती भन्दै कुनैपनि हालतमा पारित गर्न नहुने बताए । उनले यसो भनिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा प्रवेश गर्ने अनुरोध गरे। तर सुवालले सभामुखको आग्रहलाई वेवास्ता गर्दै एमसीसी राष्ट्रघाती भन्दै चर्को स्वरमा बोलिरहे। उनले एमसीसीलाई फौजदारीको संज्ञा दिँदै यो कुनै पनि हालतमा पास गर्न नहुने बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७