विश्वप्रकाशपछि महामन्त्री गगन पनि आशिर्वाद लिन पुगे सिटौला निवास


६ पुष २०७८, मंगलवार
49 Shares
gagan 1

काठमाडौं । नेपाली काँग्रेसका नव निर्वाचित महामन्त्री गगन थापाले नेता कृष्णप्रसाद सिटौलासँग आशिर्वाद र बधाई लिएका छन् ।
आज (मंगलबार) मध्यान्ह आफ्नो निवास चण्डोल पुगेका थापालाई सिटौलाले टीका र खादा लगाई दिएका हुन् । पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थापा पुस ६ गते सिटौलाको आर्शिवाद र बधाई लिन चण्डोल पुगेका थिए ।

१४ औं महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्रीमा विजयी भएका थापा १३ औं महाधिवेशनमा सिटौला प्यानलबाटै महामन्त्रीको उम्मेदवार भएका थिए । त्यतिबेला उनी महामन्त्रीमा पराजित भए । १४ औं महाधिवेशन सिटौला समूह छोडेर कोइराला समूहमा पुगेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

थापाले साथ छोडेपछि सिटौलाले आफ्नो समूह शेरबहादुर देउवा समूहमा विलय गराएका थिए । थापालाई काउन्टर दिन सिटौलाले देउवा प्यानलबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका थिए । तर पौडेल पराजित भए ।

ncll 2

सिटौलाले महाधिवेशनको उद्घाटन समारोहमा थापाले आफ्नो साथ छोडेको रोष प्रकट गर्दै प्रदीपलाई अगाडि बढाएको बताएका थिए । तर थापाले सर्वाधिक मत ल्याएर महामन्त्रीमा बाजी मारे । अधिकांश शीर्ष नेतालाई भेटेर मात्र थापा सिटौला निवास पुगेका थिए । १४ औं महाधिवेशनमा रणनीतिक रुपमा असफल भएका सिटौलालाई यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि भेटेका थिए ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७