अन्तरजातीय विवाहपछि बेपत्ता चन्द्रे कामी भेटिए


७ पुष २०७८, बुधबार
chandra

हुम्ला । अन्तरजातकी केटी भगाएपछि गत मंसिर २९ गतेदेखि बेपत्ता हुम्लाका चन्द्रे कामी भेटिएका छन् । हुम्लाकै खार्पुनाथ गाउँपालिकामा हिंडिरहेको अवस्थामा आज बिहान चन्द्रेलाई फेला पारिएको हुम्ला प्रहरीले जानकारी दिएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका-१ जैर गाउँका उनले गत मंसिर ५ गते मुगुको सोरु गाउँपालिका-४ की रमिला मल्ललाई भगाएका थिए । त्यसपछि रमिलाको परिवारले २९ गते राति आफ्नी छोरी खोसेर लगेका थिए। तर चन्द्रे भने त्यही दिनदेखि बेपत्ता थिए ।

चन्द्रेको परिवारले भने रमिलाकै माइती पक्षले आफ्ना छोरा बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । यसैकारण रमिलासहित उनका बुवा अहिले पनि प्रहरीको निगरानीमै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७