संसद अवरुद्ध हुँदा जनतामा निराशा : सभामुख


७ पुष २०७८, बुधबार
agni sapkota 1

काठमाडौं । प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरुद्ध नगर्न प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन् । संसद बैठकमा सभामुख सापकोटाले जनताका आवाज मुखरित गर्ने जनताको सर्वोच्च जनप्रतिनिधिसभा अवरुद्ध नगर्न आग्रह गरे ।

उनले भने, ‘हाम्रो कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरुले बोल्न पाउनु पर्छ । जनताका आवाज मुखरित गर्ने जनताको सर्वोच्च जनप्रतिनिधि सभा अवरुद्ध हुँदा जनतामा एक प्रकारको निराशाको भाव पैदा भएको छ, त्यसकारण म तपाईहरुलाई विशेष रुपमा आग्रह गर्न के चाहन्छु भने, आफ्ना मतभेदहरु, आफ्ना भनाइ राख्न बैठकलाई सूचारु रुपमा सञ्चालन गर्ने वातावरण बनाई दिनुहोस् ।’

आजको बैठकमा एमाले सांसदहरुले अवरोध जनाए । बैठक सुरु हुनेवित्तिकै आआफ्नो सिटबाट उठेर उनीहरुले विरोध जनाएका हुन् । सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ । गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकोमा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखले भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७