नेपालमा हुवावेको पहिलो ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न


७ पुष २०७८, बुधबार
huwai1640156465

काठमाडौं, ७ पुस । चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले नेपालमा आयोजना गरेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार एक समारोह आयोजना गर्दै कम्पनीले आफ्नो ग्लोबल फ्ल्यागसिप सिएसआर कार्यक्रम समापन गरेको हो। समारोहमा नेपालका आइसिटी पृष्ठभूमिबाट आएका केही व्यक्ति, आठ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले सहभागी भएका थिए।

‘सिड्स फर द फ्युचर’ कार्यक्रम नेपालमा पहिलोपटक आयोजना भएको हो। यो कार्यक्रम सन् २००८ मा थाइल्यान्डबाट सुरु भएको हो। हाल यो विश्वभरका १३० देशमा आयोजना भइसकेको छ र यसमा ९ हजारभन्दा बढी विद्यार्थीले भाग लिइसकेका छन्।

नेपालमा पनि यसको आवेदन गत अक्टोबरमा खुलेको थियो। यो विशेषगरी सबै स्नातक विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रम थियो, जसमा देशभरबाट १३६ आवेदन प्राप्त भएको थियो। यिनैमध्ये १९ विद्यार्थी छनोटमा परेका थिए।

छनोटमा परेका नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय व्यक्तिसँग आठ दिने अनलाइन तालिम, प्रोजेक्ट, भ्रमण र सीपमूलक कक्षामा भाग लिन पाएका थिए। यसैगरी यी विद्यार्थीले ‘टेकफरगुड’को विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पाउने र बीस हजार अमेरिकी डलरसम्मको पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ।

‘सिड्स फर द फ्युचर’ हामीले नेपालमा पहिल्यै ल्याउन खोजेका थियौँ तर कोरोनाको कारण बीचमा रोकिएको थियो, हुवावेका पिआर प्रबन्धक इभान मो भन्छन्, ‘सुरुमा नेपाली विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउन समस्या भएको थियो। यो पहिलोपटक नेपालमा आयोजना भएको हुँदा धेरैलाई यसबारे बुझाउन गाह्रो भएको थियो।’

इभानका अनुसार यो कार्यक्रमबाट विद्यार्थीले नयाँ सामाजिक प्लेटफर्म पाएका छन् जुन पछिका लागि अन्तर्राष्ट्रिय स्थरमा सहभागिता गर्न सहज हुन्छ। साथै विद्यार्थीले हुवावेको सहकार्यमा अहिलेका नयाँ प्रविधिसँग घुलमिल गर्न र टे«निङबाट किताबी ज्ञानसँगै व्यवहारिक ज्ञानपनि पाएका छन्।

‘सिड्स फर द फ्युचर’ अब हरेक वर्ष आयोजना हुने उनको भनाइ छ। उनी भन्छन्, ‘यो कार्यक्रमबाट हामी यहाँका विद्यार्थीलाई प्रविधिसँग घुलमिल गराएर अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुर्याउन चाहान्छौँ।’

समापन समारोहमा प्रमुख अतिथिका रुपमा नेपालका लागि चीनका राजदुत होउ यान्छी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल उपस्थित थिए। उनीहरुले सहभागी विद्यार्थीलाई बधाईसहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७