लिभरपुल र चेल्सी कारबाओ कपको सेमिफाइनलमा


८ पुष २०७८, बिहीबार

काठमाडौं । लिभरपुल र चेल्सी कारबाओ कपको सेमिफाइनलमा पुगेका छन् । बुधबार राति भएका क्वार्टर फाइनलको खेलमा जित हात पार्दै उनीहरुले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

बुधबार राति भएको खेलमा चेल्सीले ब्रेनफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै लिभरपुलले भने लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । लिभरपुल र लेस्टर सिटीबीच भएको खेलमा ३-३ गोलको बराबरी खेलेका थिए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

त्यस्तै वेस्ट ह्यामलाई पराजित गर्दै टोटनह्याम पनि सेमिफाइनलमा पुगेको छ । यसअघि आर्सनल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । अब सेमिफाइनलमा अर्सनल र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ भने चेल्सी र टोटनह्याम भिड्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७