स्वास्थ्य मन्त्रीको प्रेस सल्लाहकार बने शन्तराम बिडारी


१० पुष २०७८, शनिबार
santaram bidari WiEpboU6UG

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन् । मन्त्री खतिवडाले मन्त्रीस्तरीय निणर्य गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी २ दशकदेखि पत्रकारिता क्षेत्रमा छन् । त्यस्तै पत्रकारिता तथा आमसञ्चार विषय ५ वर्षदेख अध्यापन समेत गरिरहेका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा समाजवादी प्रेस संगठनका संस्थापक उपाध्यक्ष बिडारी दामन पोस्ट साप्ताहिक तथा दामन पोस्ट डटकमका सम्पादक हुन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७