माओवादी आन्दोलनमा कहाँ त्रुटी भयो, आफैबाट आत्मसमीक्षा शुरू गर्छु : प्रचण्ड


१० पुष २०७८, शनिबार
prachanda

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनमा कहाँबाट त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरू गर्ने बताएका छन् ।

माओवादी आन्दोलन सशस्त्र संघर्षदेखि अहिलेसम्म आउँदा कहाँ त्रुटी भयो भन्ने समीक्षा गर्नुपर्ने उनले बताएका छन् । यसका लागि ११ मंसिरमा काठमाडौंमा शुरू हुने राष्ट्रिय सम्मेलनमा आफूले आत्मसमीक्षा गर्ने उनले बताए । ‘नेतृत्व पंक्तिभित्र पनि केही न केही कमी कमजोरी हो भन्ने कार्यकर्ता पंक्ति र जनतालाई पनि लाग्न थाल्यो’, प्रचण्डले भने । जनताको आशा र भरोसा पूरा गर्न नसकेको महसुस भएको उनको भनाइ थियो । ‘कहाँ त्रुटी भयो र यस्तो स्थिति आयो त ?’, प्रचण्डले भने, ‘नैतिक रुपमा त म जिम्मेवार हुन्छु नै, थिए नै । सबैले आत्मसमीक्षा गरौं ।’

उनले यसको शुरूवात राष्ट्रिय सम्मेलनबाट गर्ने बताएका छन् । ‘मबाट नै आत्मसमीक्षा शुरू गर्छु, राष्ट्रिय सम्मेलनमा’, प्रचण्डले भने, ‘भोलि राष्टिय सम्मेलनमा आत्मसमीक्षा गर्छु, हाम्रा त्रुटी केलाउँछु ।’ शनिबार काठमाडौंमा आयोजित दुई वटा छुट्टाछुट्टै कार्यक्रममा बोल्दै दाहालले अब सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । त्यसका लागि १० वर्षे सशस्त्र संघर्षमा होमिएका नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।

यससँगै व्यवस्थित प्रचारको मोर्चालाई पनि अगाडि बढाउनुपर्ने उनले बताए । ‘हिजो फौजी मोर्चा मुख्य थियो । एउटा ठूलो फौजी कारबाही गरेपछि प्रचार, संगठन, सबै काम एउटै फौजी मोर्चाले गथ्र्यो’, प्रचण्डले भने, ‘अहिले त हाम्रो फौजी मोर्चा पनि छैन । शान्तिपूर्ण प्रतिस्पर्धा र संघर्षमा छौं । यतिवेलाको मुख्य मोर्चा भनेकै प्रचारकै मोर्चा हो । जति व्यवस्थित ढंगले जनतामा प्रचार गर्न सकियो, त्यति पार्टी बलियो हुने हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७