छात्राहरुलाई पाइन्ट लगाउन दिएपछि भारतमा ठूलो विवाद


११ पुष २०७८, आईतवार
kerla uniform muslimz protest1640482799

नयाँदिल्ली । दक्षिणी भारतीय राज्य केरलास्थित एक सरकारी विद्यालयमा किशोरावस्थाका छात्राहरुलाई पाइन्ट लगाउन दिने अनुमति दिइएको कारण ठूलो विवाद सिर्जना भएको छ । बीबीसीका पत्रकारद्वय दिल्लीका गिता पान्डे र केरलाका असरफ पदान्नाले यस विवादास्पद पोशाकबारे यस्तो बताएका छन् ।

बुधवार बिहान आफ्नो नयाँ पोशाक लगाएर बस स्टपमा बिद्यालय जान बस कुरेर बसेकी श्रींगी सिकेलाई हेर्दै एक अज्ञात महिलाले गरेको टिप्पणीले आफुलाई विशेष महशुस भएको उनले बताएकी छन् ।

बालुस्सेरी स्थित गवर्मेन्ट गल्र्स हाइयर सेकन्डरी स्कूलमा एघार कक्षमा अध्ययनरत सत्र वर्षीया सिकेले बीबीसीसँग भनेकी छन् , ‘ती महिलाले मलाई निकै स्मार्ट देखिएको बताउँदा मलाई गौरव लाग्यो ।’ तर श्रींगी बिद्यालयमा पुग्दा उनले त्यहाँ केटीहरुले केटाहरुले जस्तै कमिज र पाइन्ट लगाउन पाँइदैनन् भन्दै नयाँ पोशाकको विरोध गरिरहेका प्रदर्शनकारीहरुको भिड देखिन् । तिनीहरुलाई नियन्त्रणमा राख्न प्रहरी समेत पुगिसकेको थियो ।

प्रदर्शनकारीहरुको माग तिनीहरुलाई परम्परागत खुकुलो पाइन्ट, परम्परागत लामो कुर्ता र वेस्टकोट लगाउनु दिनुपर्ने रहेको छ । विद्यालयका प्रिन्सिपल इन्दु आरले अहिले १२ कक्षमा पुगेका छात्राहरुले गतवर्ष आफुहरुलाई पनि पुरुषको जस्तै पोशाक लगाउन अनुमति दिन अनुरोध गरेको बीबीसीलाई बताएकी छन् ।

इन्दु भन्छिन्, ‘मलाई तिनीहरुको प्रस्ताव मनासिवै लाग्यो । हाम्रा ती छात्राहरु पनि विद्यालय बाहिर विश्वका अन्य स्थानका किशोरीहरुले जस्तै जिन्स र टप नै लगाउँछन् । केरलाको उष्ण मौसमका लागि वेस्टकोट उपयुक्त छैन । त्यसैले शैक्षिक, कर्मचारी एवं अभिभावकहरुसँगको सरसल्लाह पछि नै हामीले यि पोशाकका लागि अनुमति दिएका थियौं । हुन त केहि थोरै अभिभावकले भने आपत्ति जनाएका थिए ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७