माओवादीको महाधिवेशनमा एमाले अध्यक्ष ओली नजाने


११ पुष २०७८, आईतवार
Kp Oli 1230

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् ।

अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए । एमालेले चितवनमा आयोजना गरेको १० राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड गएका थिएनन् । माओवादीले स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज प्रज्ञा भवन कमलादीमा शुरु हुँदैछ । उदघाटन समारोहमा सहभागी माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको छ । यसअघि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भनेको थियो । तर अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निणर्य माओवादीले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७