हड्ताल भन्दै जनमत पार्टीद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, सवारीसाधनमा तोडफोड


११ पुष २०७८, आईतवार
268426819 4837168396377108 803014126164127760 n1640498716

सिरहा । डा. सीके राउत नेतृत्वको जनमत पार्टी हडतालमा उत्रिएको छ । आज (आइतबार) सिरहामा ‘आमहडताल’ भन्दै जनमतका नेता-कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

आमहडताल उल्लंघन गरेको भन्दै प्रदर्शनकारीले जथाभावी सवारीसाधन तोडफोड समेत गरेका छन् । औरही गाउँपालिकाबाट गहुँको बीउ लुटेको आरोपमा पक्राउ परेका किसानको रिहाइको माग गर्दै सवारीसाधनलगायत ठप्प पारिएको छ । औरही-३, कडहरबाका किसान मिथिलेश यादवलाई गएको बिहीबार पक्राउ गरिएको थियो ।

गाउँपालिकाको कृषि शाखाले गहुँ र स्वास्थ्य सामग्री लुटपाट गरेको भन्दै चार किसानविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ । सोही आधारमा प्रहरीले एक किसानलाई पक्राउ गरेको र अरूको खोजी गर्न थालेपछि जनमतका नेता-कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७