रङ्गभेदविरोधी नोवेल शान्ति पुरस्कार विजेता टुटुको निधन


११ पुष २०७८, आईतवार
TuTU 20211226090231

काठमाडौं । दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न मुख्य भूमिका निभाएका नोवेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ । टुटुको आइतबार ९० वर्षको उमेरमा निधन भएको हो ।

उनको दक्षिण अफ्रिकाको राजधानी केप टाउनस्थित ओयसिस फ्रेइल केयर सेन्टरमा आइतबार बिहान निधन भएको हो । सेवा निवृत्त ईसाई पादरी समेत रहेका टुटुको निधनबारे दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘स्वतन्त्र दक्षिण अफ्रिका बनाउन र रंगभेद अन्त्य गर्नमा टुटुको ठुलो योगदान रहेको छ’ राष्ट्रपतिले विज्ञप्तिमार्फत भनेका छन् ।

यद्यपि, राष्ट्रपतिले उनको मृत्युको कारणबारे विस्तृत जानकारी भने उल्लेख गरेका छैनन् । टुटुमा पहिलो पटक सन् १९९० मा प्रोस्टेट क्यान्सर देखा परेको थियो । पछिल्लो समय उनी विभिन्न उपचारको लागि अस्पताल भर्ना भएको बताइएको छ । टुटुले सन् १९८४ मा नोवेल शान्ति पुरस्कार पाएका थिए । उनी प्रेरणादायी एवम् चर्चित दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाका नजिकका मित्र समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७