माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु, उद्घाटन सत्रमा को-को नेता पुगे ?

रातारात फेरिए ब्यानर र प्रचार सामग्री


११ पुष २०७८, आईतवार
thumb 1 3

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन सत्र शुरु भएको छ । महाधिवेशनमा अन्य दलका नेताहरु प्रज्ञा प्रतिष्ठान पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ति शाही, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु पुगेका छन् ।

कार्यक्रमको अध्यक्षता अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका छन् । उद्घाटन सत्रको कार्यक्रम सञ्चालनमा जनार्दन शर्मा ‘प्रभाकर’ ले गरिरहेका छन् । उनले महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने जानकारी गराए । महाधिवेशनमा देशभरीबाट १,६३१ प्रतिनिधि सहभागी रहेको माओवादीले जनाएको छ ।

रातारात फेरिए ब्यानर र प्रचार सामग्री
शनिबार मात्रै राष्ट्रिय सम्मेलनबाट आठौँ महाधिवेशनमा जाने निणर्य गरेको माओवादी केन्द्रले रातारात प्रचार सामग्रीदेखि प्रतिनिधिलाई आवश्यक कार्ड पनि फेरेको छ।


राष्ट्रिय सम्मेलनका नाममा प्रज्ञा भवनलाई सजाइसकेको अवस्थामा महाधिवेशनमा जाने नेतृत्वको निणर्यले प्रज्ञा भवनमा खटिएकालाई भने तनाव भएको छ। प्रज्ञा भवनमा तुल ब्यानरदेखि महाधिवेशन प्रतिनिधिका कार्डसमेत माओवादीले रातारात छापेको छ। अहिले प्रज्ञा प्रतिष्ठान परिसरमा तीन ठाउँबाट माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र हेर्न र सुन्न सकिने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७