कोभिड-१९ को खाने औषधि बनाउँदै भारतीय कम्पनी


१२ पुष २०७८, सोमबार
covid 19

काठमाडौं । भारतको चर्चित डा. रेड्डीज ल्याबरेटोरिजले कोभिड-१९ को चक्की औषधि बनाउने भएको छ । अमेरिकी कम्पनी मर्क एण्डले विकास गरेको औषधि निर्माण गर्न लागेको हो । सोमबार रेड्डी ल्याबरेटोरिजले उक्त औषधि बनाउन अनुमतिपत्र प्राप्त गरेको बताएको हो ।
कम्पनीले फाइजरले विकास गरेको कोभिड-१९ औषधि निर्माणको लागि पनि संवादको बाटो खुला राखिएको बताएको छ । फाइजरले विकास गरेको औषधि थप प्रभावकारी रहेको बताइएको छ ।

कोभिड-१९ को औषधि कोरोना संक्रमण भएपछि खानुपर्छ । यो औषधिले ठूलो बजार लिन सक्ने अपेक्षा गरिएको छ । मर्क कम्पनीले विश्वव्यापीरूपमा यो खोपको विकासको लागि विकासशील मुलुकका कम्पनीलाई यसको अनुमति प्रदान गरिरहेको छ ।

फाइजरले पनि आगामी दिनमा सोही पाइला पछ्याउने अपेक्षा छ । रेड्डीज ल्याबरेटोरिजका सहअध्यक्ष तथा प्रबन्ध निर्देशक जीभी प्रसादले आफूहरुले फाइजरसँगको वार्ताको सम्भावना पनि खुला राखेको बताएका छन् । यद्यपि कम्पनीले अहिलेसम्म फाइजरसँग यस विषयमा वार्ता भने सुरु गरेको छैन । मर्कले विकास गरेको औषधिले अमेरिकामा भने मान्यता पाएको छैन तर यसलाई बंगलादेश र बेलायतले भने यसअघि नै मान्यता प्रदान गरिसकेका छन् ।

कम्पनीले यो औषधिले मृत्यु हुने वा अस्पतालसम्म पुग्नुपर्ने जोखिम आधा घटाउने बताएको छ । यद्यपि फाइजरले भने आफ्नो औषधिले उक्त जोखिम ८९ प्रतिशतले घटाउने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७