मेला लगाउन विद्यालय बन्द


१३ पुष २०७८, मंगलवार
Capture 14

जाजरकोट । जाजरकोट सदरमुकामको त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो ।

रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो । ‘विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निणर्य गराएपछि मेरो मात्र के लाग्छ ?’, प्रचार्य भक्तबहादुर मल्लले भने । मेला लगाएवापत विद्यालयलाई ५० हजार दिएको समेत उनले बताए ।

कोभिडका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै पढाइ सञ्चालन भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गर्नु र विद्यालयको हाताभित्र फोहर गरेर वातावरण बिगारेको भन्दै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत दलबहादुर घर्तीले असन्तुष्टि व्यक्त गरेका छन् ।

कोभिडको नयाँ-नयाँ भेरियन्ट आइरहेको बेला विद्यालयभित्र हजारौँ मानिस सहभागी गराएर के दूरदर्शी निणर्य गरेको होला भन्दै उनले थपे, ‘आहा सरोकारवाला च्याम्पियन सबैमा हार्दिक बधाई समेत लेखेका छन् ।’ भेरी नगरपालिकाले दुई वर्षअघि विद्यालयमा मेला लगाउन नपाउने निणर्य गरेको थियो ।

राजा वीरेन्द्रको जन्मोत्सवमा लगाउँदै आएको यो मेला कोभिडका कारण बन्द हुँदै आएको थियो । मेला लगाउने भए पनि तल्लो थाप्लेमा ठाउँ हुँदाहुँदै पनि विद्यालयभित्रै लगाउनु र लगाउन बाध्य पार्नु सही नभएको सर्वसाधारणले बताएका छन् । भेरी ज्ञानोदय क्याम्पसमा बीएड प्रथम वर्षको परीक्षा चलिरहेकाले मेलामा होहल्ला हुँदा परीक्षा राम्रोसँग दिन नपाएको विद्यालय धर्म चन्दले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७